२६ बैशाख, २०८१ बुधबार

06:36:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामान्य अकंले ओरालो लागेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२३ भदौ, २०७९

सामान्य अकंले ओरालो लागेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१३ अकंले घटेर १९३७.७४ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको छ । नेप्से सामान्य अकंले ओरालो लाग्दा पनि बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यस दिन १३ करोड १० लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, रिडी पावरको ४ करोड ४४ लाख ८१ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ३५ लाख ५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख १० हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।