२५ बैशाख, २०८१ मंगलबार

12:36:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार अर्बमा

Nepal Business

२३ भदौ, २०७९

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार अर्बमा

काठमाण्डौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार २.१३ अंकले घटेर नेप्से परिसूचक १९३७.७४ विन्दुमा बन्द भएको छ । हिजो बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो । 

सेयर बजार घट्दा बिहीबार कारोबार भने बढेको छ । हिजो बुधबार कारोबार करोडमा झरेको थियो । आज सेयर बजारमा १ अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय रुपैयाँको कारोबार भएको छ भने ३४ लाख १ हजार ६९२ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज छ उपसूचकहरुमा हरियाली छाएको छ भने बाँकी राताम्मे छन् । कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.४९ प्रतिशत, मल्टिप्रपज फाइनान्स कम्पनी ४.०९ प्रतिशत र १०.२३ प्रतिशत ग्लोबल आइएमई बैंक डिभेञ्चर ३.९७ प्रतिशतले बढेका छन् ।