२६ बैशाख, २०८१ बुधबार

04:47:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्रोकर सम्बन्धि नियमावली स्वीकृत, नयाँ स्टक एक्सचेनञ्ज सञ्चालनमा ल्याउने बाटो खुल्यो

२३ भदौ, २०७९

ब्रोकर सम्बन्धि नियमावली स्वीकृत, नयाँ स्टक एक्सचेनञ्ज सञ्चालनमा ल्याउने बाटो खुल्यो

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेनञ्ज सञ्चालन ल्याउने बाटो खुला गरिदिएको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४ को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेनञ्ज सञ्चालनमा आउने बाटो खुल्ला भएको हो ।

 धितोपत्र बोर्डले यसअघि नियमावलीमा संशोधन गर्दै प्रस्तावित मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले संशोधित नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको थियो। बोर्डले अब संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ।

अब सेबोनले संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ। नियमावली संशोधन भएसँगै अब बोर्डले तोकेको मापदण्ड पुरा गर्ने जुनसुकै कम्पनीलाई प्रक्रिया पुर्याएर ब्रोकर लाईसेन्स दिन सकिने छ। स्वीकृत भएको नियमावलीमा विभिन्न ३ प्रकारको ब्रोकर लाईसेन्स वितरण गरिने उल्लेख छ । सेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई न्युनतम चुक्ता पुँजी १५ करोड तोकिएको छ ।

त्यस्तै सेयर खरिद बिक्रिको साथै, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई न्युनतम चुक्ता पुँजी ५० करोड तोकिएको छ । स्टक डिलरलाई न्युनतम चुक्ता पुँजी १०० करोड कायम गरिएको छ ।

त्यस्तै धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र लगानी गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो। तर, संशोधित नियमावलीमा पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।