२६ बैशाख, २०८१ बुधबार

02:20:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

२३ भदौ, २०७९

सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आवेदन दिने आज (भदौ २३ गते बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले बिक्रीमा ल्याएको १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिहीबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।