२५ बैशाख, २०८१ मंगलबार

05:56:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ङादी ग्रुप पावरको हकप्रद बाँडफाँड, १२ लाख ५७ हजार कित्ता सेयर बिक्रि भएन

२३ भदौ, २०७९

ङादी ग्रुप पावरको हकप्रद बाँडफाँड, १२ लाख ५७ हजार कित्ता सेयर बिक्रि भएन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन गरेको सेयर बाँडफाँड गरेको हो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले  बुधबार हकप्रद सेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकहरुलाई ९३ लाख ४६ हजार ६ सय ९६ कित्ता सेयर बाँडफाँड गरिएको छ । बिक्रि नभएको १२ लाख ५७ हजार २ सय ९० कित्ता सेयर भने लिलाम मार्फत विक्री गर्ने कम्पनीले जनाएको छ ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।