२० बैशाख, २०८१ बिहिबार

01:39:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिन नहुने क्यानका अध्यक्षयको भनाई

Nepal Business

२३ भदौ, २०७९

एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिन नहुने क्यानका अध्यक्षयको भनाई

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कुनै एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिन नहुने बताउनुभएको छ । 

बिहीबार किर्तिपुरस्थित टियु मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा चन्दले क्रिकेट सामूहिक खेल भएकाले कुनै व्यक्तिमा पर्ने घटना परिघटनाले क्रिकेटमा बाधा पर्न नहुने बताउनुभएको हो ।

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामेछानेमाथि एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । त्यस्तै चन्दले क्रिकेट पूर्वाधारको विकासका लागि सरकारले धेरै सहयोग गरेको बताउनुभयो। 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।