२३ बैशाख, २०८१ आइतबार

06:06:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश पारित गर्न एशियन लाईफले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

२३ भदौ, २०७९

लाभांश पारित गर्न एशियन लाईफले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

काडमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको  १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृतिपश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६(२) संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको बिशेष प्रस्ताव समेत पारित गर्नुका साथै मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितीलाई दिने छ ।   

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहधागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।