२५ बैशाख, २०८१ मंगलबार

07:21:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जर प्रक्रियामा रहेका सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले आह्वान गरे एकै दिन विशेष साधारणसभा

२३ भदौ, २०७९

मर्जर प्रक्रियामा रहेका सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले आह्वान गरे एकै दिन विशेष साधारणसभा

काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असोज ७ गते शुक्रबार सभा आह्वान गरेका हुन् ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा  केन्द्रिय कार्यालय, सभागृह चोक, कास्कीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान ११ बजेदेखि नै सुरू हुनेछ ।

दुवै सभाले आपसमा मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन अनुमोदन गर्नेछन्। मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात पनि दुवै सभाले पारित गर्नेछन्। त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएसँगै गत असार २३ गतेदेखि नै नेप्सेमा यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का छ ।