२५ बैशाख, २०८१ मंगलबार

04:12:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नजिक, मेरो सेयर खोल्ने कति ?

२२ भदौ, २०७९

डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नजिक, मेरो सेयर खोल्ने कति ?

काठमाडौं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । हिजो आज सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।  आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
    
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नजिक पुगेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९२ हजार ५४ जना पुगेको छ । गत फागुन २३ गतेसम्म नेपालमा डिम्याट खाताको संख्या ५० लाख २८ हजार १ सय ४० रहेको थियो  । गत असोज २२ गतेसम्म डिम्याट खाताको संख्या ४५ लाख १६ हजार ३६ थियो । यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या ४४ लाख ८६ हजार ७७ जना रहेको छ ।