२० बैशाख, २०८१ बिहिबार

08:29:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा, असोज १ देखि देशभरको ढुवानी ठप्प

२२ भदौ, २०७९

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा, असोज १ देखि देशभरको ढुवानी ठप्प

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार बसेको महासंघको बैठकले तत्काल भाडा वृद्धि नभए भदौ २५ गतेदेखि पेट्रोलियम ढुवानी रोक्ने निर्णय गरेको हो ।

तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरे आन्तरिक तथा वाहृय दुवै प्रकारको पेट्रोलियम ढुवानी २५ गतेबाट रोक्ने निर्णय गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले जनाउनुभएको छ ।

महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज १ गतेबाट देशभरको ढुवानी ठप्प बनाउने जनाएको छ ।

ढुवानी भाडा वृद्धिका लागि यसअघि पनि महासंघले पटक पटक आन्दोलन गरिएको र त्यसमा निगमले सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ ।