२० बैशाख, २०८१ बिहिबार

10:49:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई हरायो

Nepal Business

२२ भदौ, २०७९

महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई हरायो

काठमाण्डौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो  ।

भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो । 

खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाउनुभयो । त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३–० को जित दिलाउनुभयो । 

जितसँगै समूह ‘ए’को भारतले ३ अंक जोडेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

समूह चरणको खेलपछि समूहको शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।