२६ बैशाख, २०८१ बुधबार

04:34:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारको ओरालो यात्रा जारी, ११.९७ अंकले घट्यो

Nepal Business

२२ भदौ, २०७९

सेयर बजारको ओरालो यात्रा जारी, ११.९७ अंकले घट्यो

काठमाण्डौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ११.९७ अंकले घटेर नेप्से परिसूचक १९३९.८८ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा सेयर कारोबार करोडमा झरेको छ । आज ८२ करोड ६२ लाख ३० हजार ५८३ कारोबार भएको छ भने २९ लाख ४३ हजार ७६९ कित्ता सेयर किनबेच भएका छन् । 
यस्तै आज म्युचल फण्ड बाहेक सबै उपसूचकहरु घटेका छन् । कम्पनीहरुमा सनराईज फस्ट म्युचल फण्ड ७.७२ प्रतिशत, उपर हेवाखोला हाइड्रोपावर कम्पनी ६.३८ प्रतिशत र लक्ष्मी उन्नती कोष ५.१० प्रतिशतले बढेको छ ।