२५ बैशाख, २०८१ मंगलबार

03:42:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घटेको सेयर बजारमा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२२ भदौ, २०७९

दोहोरो अंकले घटेको सेयर बजारमा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से ११.९७ अंकले घटेर १ हजार ९ सय ३९ दशमलब ८८ विन्दुमा बन्द भएको छ ।

नेप्से सूचक घटेसँगै यस दिन कारोबार रकम समेत घटेको छ । यस दिन नेप्सेमा ८२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ६५ लाख रुपैयाँ नबिल बैंकको २ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।