२४ बैशाख, २०८१ सोमबार

12:41:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमालेखको जोखिमाङ्कन तथा दाबी भुक्तानी सम्बन्धी निर्देशिका पालना गर्न बीमा समितिको निर्देशन

२२ भदौ, २०७९

बीमालेखको जोखिमाङ्कन तथा दाबी भुक्तानी सम्बन्धी निर्देशिका पालना गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई बीमालेखको जोखिमाङ्कन तथा दाबी भुक्तानी प्रक्रियामा प्रचलित कानून तथा समितिबाट जारी भएका निर्देशनहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

बीमा व्यवसायसँग सम्बन्धित विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूमार्फत् पेश भएका किर्ते जालसाजीपूर्ण कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमा दाबी भुक्तानी हुने गरेको पाईएको भन्दै समितिले कम्पनीहरूलाई कानूनको पालना गर्न निर्देनश दिएको हो ।

यस्ता क्रियाकलापबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरू पिडीत हुन गई बीमा क्षेत्रप्रति जनविश्वास घट्न जानुका साथै बीमा क्षेत्रको शाखमा समेत ह्रास आउने स्थिति देखिएको समितिले बताएको छ ।

यस्ता खालका गलत क्रियाकलापहरू हुन नदिन र बीमालेखको जोखिमाङ्कन तथा दबी भुक्तानी प्रक्रियामा प्रचलित कानून तथा समितिबाट जारी निर्देशनहरूको पूर्णतः पालना गर्नतर्फ आवश्यक व्यवस्था मिलाउन समेत समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ ।