२३ बैशाख, २०८१ आइतबार

04:23:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एशियन लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२२ भदौ, २०७९

एशियन लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको केही संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले केही संस्थापकहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले १५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय मैतीदेवि, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त समयभित्र कुनैपनि संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा  अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी गराएको छ ।