६ बैशाख, २०८२ शनिबार

10:52:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिलेसम्म कायम इकाईधनीले पाउँछन् सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश ?

२२ भदौ, २०७९

कहिलेसम्म कायम इकाईधनीले पाउँछन् सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश ?

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले बुकक्लोज मिति तय गरेको छ । फण्डले लाभांश वितरणको लागि बुकक्लोज मिति तय गरेको हो ।

फण्डले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रयोजनार्थ फण्डले भदौ २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।

यस अनुसार भदौ २८ गतेसम्म कायम सेयरधनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउँन सक्ने छन् । फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ।