२२ बैशाख, २०८१ शनिबार

05:32:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा समितिद्वारा एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

२१ भदौ, २०७९

बीमा समितिद्वारा एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

काठमाडौं । बीमा समितिले एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत गरेको छ । बीमा समितिले भदौ २० गते कम्पनीको आर्थिक वर्ष २०७७।७८ को वित्तीय विवरण स्वीकृत गरेको हो ।

योसँगै कम्पनीलाई लाभांश वितरणका लागि बाटो खुलेको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयधनीलाई वितरण हुनेछ ।

साउन २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले  आर्थिक वर्ष २०७७।७८ को संचित नाफाबाट हाल कायम चुक्ता पुंजीको १४.५० प्रतिशत बोनस सेयर  र  कर प्रयोजनको लागि ०.७६ प्रतिशत गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  ।