६ बैशाख, २०८२ शनिबार

11:02:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कमिसनको खेलमा नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन लागियोः सांसद दाहाल

२१ भदौ, २०७९

कमिसनको खेलमा नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन लागियोः सांसद दाहाल

काठमाडौं । संसदमा पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन लागिएको विषयबारे चर्चा भएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदले नयाँ स्टक एक्सचेञ्ज बारे प्रश्न गरेका छन । मंगलबार बसेको बैठकमा सांसद कृष्ण प्रसाद दाहालले यस विषय उठाउनुभएको छ ।

नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै लैजानुपर्नेमा अनाधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई  किन अनुमतिपत्र दिन लागिएको भन्दै उहाँले सरकारसँग जवाफ माग गर्नुभएको छ । सांसद दाहालले कमिशनको खेलमा लागेर नयाँ स्टक एक्सचेनञ्ज ल्याउनेलाई अनुमति दिन लागिएको आरोप समेत लगाउनुभएको छ ।

‘हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा सरकारले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागेको उहाँको भनाइ छ ।

नेपालको पुँजी बजारले नयाँ स्टक एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको जनाउदै उहाँले अहिले नयाँ स्टक एक्सचेन्जको आवश्यकता समेत नभएकोले नयाँ स्टक एक्सचेन्जको लाइसिएन्स प्रक्रिया रोक्न माग गर्नुभएको छ ।