६ जेठ, २०८१ आइतबार

08:29:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२१ भदौ, २०७९

दोहोरो अंकले घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढ्न पुगेको छ । मंगलबार १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सो रकम बराबरको कारोबार हुँदा मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । यस दिन कम्पनीको ९ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ११ लाख, सानिमा माई हाइड्रोपावरको ८ करोड ५५ लाख, नबिल बैंकको ५ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।