६ जेठ, २०८१ आइतबार

07:06:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार बढ्यो

Nepal Business

२१ भदौ, २०७९

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार बढ्यो

काठमाण्डौं । सेयर बजार मंगलबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार दोहोरो अंकले ओरालो लागेको हो । 

नेप्सेका अनुसार आज सेयर बजार २१.२२ अंकले घटेर नेप्से परिसूचक १९५१.७९ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार रकम भने बढेको छ । सोमबार करोडमा झरेको कारोबार आज भने अर्बमा पुगेको छ । 

आज एक अर्ब १९ करोड ७ लाख ६५ हजार ६१३ रुपैयाँको कारोबार भएको छ भने ३२ लाख ९ हजार ९८३ कित्ता सयेर किनबेच भएका छन् । 

यस्तै उपसूचकहरुमा म्युचल फण्ड बाहेक सबै घटेका छन् । कम्पनीहरुमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था ९.६८ प्रतिशत, एमएमबी हाइब्रीड फण्ड २.५४ प्रतिशत र समुदायिक लघुवित्त वित्तीय संस्था १.९९ प्रतिशतले बढेका छन् ।