२२ बैशाख, २०८१ शनिबार

03:44:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

२१ भदौ, २०७९

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौँ । गोर्खाको मध्यम परिवारमा जन्मिनु भएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । पेशाले फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमाले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहको आरोहण गरिसक्नुभएको छ ।  ।

उहाँ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैहुनुहुन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

हस्ताक्षर समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नुभयो । पूर्णिमाले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरावन्ति भएको र हौसला मिलेकोे बताउनुभयो ।