२२ बैशाख, २०८१ शनिबार

05:26:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जेलर र थुनुवा कैदीबन्दीको निःशुल्क स्वास्थ्य बीमा गरिने

Nepal Business

२१ भदौ, २०७९

जेलर र थुनुवा कैदीबन्दीको निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाण्डौं । सरकारले जेलर र थुनुवा कैदीबन्दीको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । देशभर रहेका करिब २७ हजार भन्दा बढी जेलर र थुनुवा कैदी बन्दी रहेका छन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने बीमा बोर्डले जनाएको छ । यो अभियान राजधानीबाट सुरु गरिनेछ ।

कारागार विभागको अनुरोधमा जेलर र थुनुवा कैदीको लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने भनेर १ करोड रकम विनियोजन भएको थियो ।

बोर्डका अनुसार अनुसार ६ महिनाभन्दा बढी जेलमा बसेका कैदीहरुलाइ बीमा कार्यक्रममा समावेश गरिने भएको छ । तर, परिवारले भने सेवा पाउने छैनन् । १ बर्षभर जहाँ गएपनि सेवा पाउने व्यवस्था गरेको छ ।