६ जेठ, २०८१ आइतबार

05:39:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचिकृत

२१ भदौ, २०७९

नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको हो । बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि असार १४ गतेसम्म ५ वर्ष अवधिको १०.१५ प्रतिशत व्याजदर भएको ‘प्राइम डिबेञ्चर २०८४’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

सोही ऋणपत्र मंगलबार नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको सेयर सूचिकृत भएको दोस्रो दिन अर्थात भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।