६ जेठ, २०८१ आइतबार

07:20:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

२१ भदौ, २०७९

खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ खप्तड लघुवित्त कम्पनी । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ ।

लघुवित्तले पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०१ रुपैयाँ ७ पैसा देखि अधिकतम ३०५ रुपैयाँ १ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । खप्तड लघुवित्तको आर्थिक वर्ष २०७७।०७८ को  प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७ पैसार रहेको छ ।