२० बैशाख, २०८१ बिहिबार

06:30:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

२१ भदौ, २०७९

इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको उक्त आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले १०० अंकित दरका कुल ६ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले कम्पनीको आईपीओमा एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।