२० बैशाख, २०८१ बिहिबार

11:42:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वान-डे शृंखलामा नेपालको क्लिन स्विप, अन्तिम खेलमा केन्या ६ विकेटले पराजित

Nepal Business

२० भदौ, २०७९

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारी २ र शहाब आलम र बसिर अहमदले १/१ विकेट लिए ।

वान-डे शृंखलामा नेपालको क्लिन स्विप, अन्तिम खेलमा केन्या ६ विकेटले पराजित

काठमाडौँ
केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले तीन वान-डेको श्रृंखला क्लिन स्विप गरेको छ ।

केन्याको नैरोबीमा भएको अन्तिम खेल नेपालले १७  बल बाँकी छँदै जित्यो ।

तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले शृंखला क्लिन स्वीप गरेको हो ।

केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनायो ।

केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनायो ।

नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक प्रहार गरेका थिए । पहिलो विकेटका लागि आसिफ र अर्जुनले ७३ रनको साझेदारी गरेका थिए । आसिफले ५६ रन बनाए ।

त्यसैगरी अर्जुन र ज्ञानेन्द्र मल्लबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्रले ३३ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र अहमदले ९५ रनको साझेदारी गरेका थिए । अहमदले ५२ रन बनाए भने पौडेलले ४६ बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो । केन्याका लागस कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाएका थिए ।

त्यस्तै लुकास एनदान्दासनले ५९ बनाए । उनले २६ बल खेल्दै ५ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यसैगरी सुकदीप सिंहले ३७, एमानुएल बन्डीले २३ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारी २ र शहाब आलम र बसिर अहमदले १/१ विकेट लिए ।