६ जेठ, २०८१ आइतबार

08:16:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीआस्बा शुल्क लागू हुने बारे धितोपत्र बोर्डले फेरि पार्यो प्रष्ट

२० भदौ, २०७९

सीआस्बा शुल्क  लागू हुने बारे धितोपत्र बोर्डले फेरि पार्यो प्रष्ट

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सीआश्वा शुल्कबारे थप प्रष्ट पारेको छ। धितोपत्र बोर्डले आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिने आस्बा शुल्कका विषयमा फेरि स्पष्ट पारेको हो ।

धितोपत्र बोर्डले आज (सोमबार) एक सूचना जारी गर्दै नयाँ आस्बा सेवा शुल्क लागू हुने मितिमा  द्विविधा देखिएको भन्दै फेरि यसबारे थप प्रष्ट पारेको हो । बोर्डले निर्धारण गरेको नयाँ आस्बा सेवा शुल्क गत भदौ ५ गतेबाटै लागू भएको सूचनामा स्पष्ट पारिएको छ।

बोर्डका अनुसार २०७९।०५।०५ भन्दा अगाडि सार्वजनिक निष्काशन खुल्ला भईसकेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा साविकको (संशोधित अघिको) व्यवस्था बमोजिमको शुल्क लाग्ने तथा २०७९।०५।०५ पश्चात धितोपत्रको सार्वजनिक गरेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा संशोधित व्यवस्था लागु गर्नु पर्ने छ।

अर्थात २०७९।०५।०५ पश्चात धितोपत्रको सार्वजनिक गरेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदन दिंदा अधिकतम ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाइने छैन ।

बोर्डले ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३’मा तेस्रो संशोधन गर्दै गत भदौ ५ गते लागू हुने गरी नयाँ आस्बा शुल्क निर्धारण गरेको थियो। जसमा अब बैंक तथा वित्तीय संस्थाहरुले आस्बा सेवा प्रदान गरेबापत अधिकतममा ५ रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि आस्बा सेवा शुल्कबापत अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने बोर्डले व्यवस्था गरेको थियो।