६ जेठ, २०८१ आइतबार

07:06:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ४.२९ अंकको गिरावट, कारोबार पनि घट्यो

Nepal Business

२० भदौ, २०७९

सेयर बजारमा ४.२९ अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाण्डौं । आइतबार सामान्य अंकले बढेको बजार सोमबार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४.२९ अंकले घटेर नेप्से परिसूचक १९७३.०१ विन्दुमा बन्द भएको छ ।

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज ९० करोड ९९ लाख चार हजार ७५१ रुपैयाँको कारोबार भएको छ भने २४ लाख ४४ हजार ३४४ कित्ता सयर किनबेच भएका छन् । आइतबार १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको थियो।

यस्तै म्याुफ्याक्चर एण्ड प्रडक्शन र माइक्रोफाइनान्स बोहक सबै उपसूचकहरु घटेका छन् । कम्पनीहरुमा मैलुङ खोला जल विद्युत कम्पनी ७.४३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्यारेन्स ३.९३ प्रतिशत र रिडी पावर कम्पनी ३.२३ प्रतिशतले बढेका छन् ।