६ जेठ, २०८१ आइतबार

06:48:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झिनो अकंले घटेको सेयर बजारमा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२० भदौ, २०७९

झिनो अकंले घटेको सेयर बजारमा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार झिनो अकंले घटेको छ । आइतबार सामान्य अंकले बढेको सेयर बजार सोमबार ४.२९ अकंले घटेर १९७३.०१ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सोमबार रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ९ करोड ९६ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७८ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ५६ लाख ५५ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख रुपैयाँ र नेपाल टेलिकमको २ करोड २३ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।