२० बैशाख, २०८१ बिहिबार

07:53:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिलो पटक नेपाली राष्ट्रिय महिला टिमलाई महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने मौका

Nepal Business

२० भदौ, २०७९

पहिलो पटक नेपाली राष्ट्रिय महिला टिमलाई महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने मौका

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला टिमले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न मैदान उत्रने भएका छन् । 

काठमाण्डौंमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली टीमका कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताउनुभयो । 

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिनुभएको हो । 

यस्तै अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ । कप्तान एन्जिलाले आफुमा गरिएको विश्वासलाई गुम्न नदिने समेत बताउनुभयो । एन्जिलाले आफ्नो कप्तानीमा टिमलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताउनुभयो । 

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक थापाले विगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताउनुभयो । मुख्य प्रशिक्षक थापाले अहिले कुनैपनि टोलीलाई कमजोर प्रतिद्वन्दीको रुपमा लिन नहुने पनि बताउनुभयो । 

यस्तै अन्य देशका टीम प्रशिक्षक तथा कप्तानहरुले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधी जित्ने दावी गरेका छन् । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ मंगलबारबाट सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

साफले सहभागी ७ टोलीलाई दुई समुहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।