६ जेठ, २०८१ आइतबार

07:52:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिलेसम्म कायम इकाइधनीले पाउँछन् एनआईबिएल प्रगति फण्डको लाभांश ?

२० भदौ, २०७९

कहिलेसम्म कायम इकाइधनीले पाउँछन् एनआईबिएल प्रगति फण्डको लाभांश ?

काठमाडौं ।  एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ ।

फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको भदौ ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई  आर्थिक वर्ष २०७८। ७९ को मुनाफाबाट करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।