१८ बैशाख, २०८१ मंगलबार

12:51:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से परिसूचक ३८.३५ अंकले ओरालो

Nepal Business

५ माघ, २०७८

नेप्से परिसूचक ३८.३५ अंकले ओरालो

काठमाण्डौं
शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार तल झरेको छ । बुधबार ३८.३५ अंकले घटेर नेप्से परिसूचक २ हजार ८ सय ९८.३१ अंकमा झरेको हो। मंगलबारको  तुलनामा बुधबार शेयर कारोबार रकम पनि घटेको छ ।

 कारोबार अवधिभर १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१  रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार साढे ९ अर्ब बढिको र मंगलबार ८ अर्बको शेयर कारोबार भएको थियो ।

बजार घटेपनि बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनी राम्रो आम्दानी गर्न सफल भएका छन् । । सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय १४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।

 बुधबार घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत लगायतका कम्पनीहरुले शेयरमूल्य गुमाए। यी कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।