६ जेठ, २०८१ आइतबार

07:28:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् खप्तड लघुवित्तको आईपीओ नतिजा

२० भदौ, २०७९

तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् खप्तड लघुवित्तको आईपीओ नतिजा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज (सोमबार) धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँड गरिएको हो।  

लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गरेको थियो। क्यापिटलका अनुसार आईपीओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । ति मध्ये १ लाख ४४ जनाको आवेदन  अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १२ हजार ३ सय ४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १७ लाख ७० हजार ७३४ आवेदकको हात खाली भएको छ।  कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । कम्पनीको आईपीओ नतिजा कम्पनीको वेबसाइट :   https://khaptadmfi.com.np/, बिक्री प्रबन्धकको वेबसाइट :  https://www.prabhucapital.com/, मेरो सेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login, सिडिएसको वेबसाइट  :  https://iporesult.cdsc.com.np/