६ जेठ, २०८१ आइतबार

07:20:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड, १७ लाख ७० हजार बढीको हात खाली

२० भदौ, २०७९

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड, १७ लाख ७० हजार बढीको हात खाली

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज (सोमबार) धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँड गरिएको हो।  

लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

क्यापिटलका अनुसार आईपीओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । ति मध्ये १ लाख ४४ जनाको आवेदन  अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १२ हजार ३ सय ४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १७ लाख ७० हजार ७३४ आवेदकको हात खाली भएको छ।