२२ बैशाख, २०८१ शनिबार

10:49:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक महिनामा २० वटा निर्जीवन बीमा कम्पनीद्वारा ४ अर्ब ४७ करोडभन्दा बढि कुल बीमाशुल्क संकलन

Nepal Business

२० भदौ, २०७९

एक महिनामा २० वटा निर्जीवन बीमा कम्पनीद्वारा ४ अर्ब ४७ करोडभन्दा बढि कुल बीमाशुल्क संकलन

काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा २० वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । 

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २ लाख २१ हजार ६४२ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्ज गरेका हुन् । 

यस अवधिमा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीले ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले साउनमा ३५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

यस्तै हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३३ करोड १९ लाख र सगरमाथा इन्स्योरेन्स कम्पनीले ३२ कोड ६२ लाख रुपैयाँ बीमाहुल्क संकलन गरेको छ । 

यसैगरी सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गर्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीले १० करोड ३४ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।