१८ बैशाख, २०८२ बिहिबार
11:28:07 PM
२० भदौ, २०७९
काडठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको हो। साधारण सभा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छ। यसकारण ओरियन्टल होटल्सका सेयरधनीहरुको हात खाली हुने भएको छ।
सभाले आर्थिक वर्ष २०७८।७९ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।
साधारण सभा प्रयोजनार्थ होटल्सले भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन सक्नेछन्।