२५ बैशाख, २०८१ मंगलबार

02:07:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तिम दिनसम्म श्रृजनशील लघुवित्तको आईपीओमा कति पर्यो आवेदन, यस्तो छ पछिल्लो अपडेट

१९ भदौ, २०७९

अन्तिम दिनसम्म श्रृजनशील लघुवित्तको आईपीओमा कति पर्यो आवेदन, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा धेरै बढी आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ १९ गते, आइतबार) अन्तिम दिन रहेको थियो ।

सिडिएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन आइतबार बेलुका ५ बजेसम्ममा १९ लाख ५ हजार १ सय ८६ जना आवेदकबाट २ अर्ब ९ करोड ६४ लाख ५ हजार रूपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको थियो ।