२० बैशाख, २०८१ बिहिबार

02:11:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भलिबल संघको अध्यक्ष पदमा चन्दले गरे उम्मेदवारीको घोषणा

१९ भदौ, २०७९

भलिबल संघको अध्यक्ष पदमा चन्दले गरे उम्मेदवारीको घोषणा

काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा महासचिव जितेन्द्र बहादुर चन्दले उम्मेदवारीको घोषणा गर्नुभएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै चन्दले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । चन्द प्यानलबाट रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी चन्दले भलिबलको सपना पूरा गर्न आफुले उम्मेदवारी घोषणा गरेको बताउनुभयो । वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माको प्रशंसा गर्दै वर्तमान नेतृत्वको बाँकी रहेको कार्यभार आफुले पुरा गर्ने उहाँले बताउनुभयो ।

१४ बुँदे योजना सार्वजनिक गर्दै चन्दले बार्षिक क्यालेण्डर प्रकाशित गर्ने, काम गर्न प्रोत्साहन गर्न सवैलाई व्यवस्थीत गर्ने, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई समय सापेक्ष वैदेशिक प्रशिक्षणमा पठाउने बताउनुभयो ।

त्यस्तै बर्षभरि उत्कृष्ट कार्य गर्ने जिल्ला भलिवल संघ, प्रदेश भलिवल र रेफ्री तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने लगाएतका योजना रहेको उहाँको भनाई छ । यसअघि अध्यक्ष पदमा वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत रहेकी निरोज मास्केले उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ । नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुदैछ ।