२५ बैशाख, २०८१ मंगलबार

07:37:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा सुधार आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

१९ भदौ, २०७९

सेयर बजारमा सुधार आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबारको कारोबार हटाउने निर्णय गरेसँगै आइतबार सेयर बजारमा सुधार देखिएको हो । केही साता यता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको सुरुवात मै सकारात्मक सुचक देखा परेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको छ । यस दिन  २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आएपनि कारोबार रकम भने खुम्चिरहेको छ ।

यस दिन रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आइतबार ८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ६ करोठ ५३ लाख ३७ हजार रुपैयाँ, नबिल बैंकको ६ करोड ३० लाख ४९ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ७८ लाख १६ हजार रुपियाँको कारोबार भएको हो ।