२५ बैशाख, २०८१ मंगलबार

05:11:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असोजबाट शुक्रबारको सेयर कारोबार बन्द हुने

१९ भदौ, २०७९

असोजबाट शुक्रबारको सेयर कारोबार बन्द हुने

काठमाडौं । आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी असोज महिनादेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेका अनुसार असोज महिनाको पहिलो शुक्रबार देखिनै सेयर कारोबार बन्द हुने छ । हाल आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ। शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ।  विश्व बजारमा हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुने भएकोले नेपालमा पनि हप्तामा ५ दिन मात्रै कारोबार खुलाउनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका थिए ।

यसअघि हप्तामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो । तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरी शुक्रबार सञ्चालन भएको थियो ।

सरकारले पुनः सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्दै  शनिबार मात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने गरेको छ । लगानीकर्ताहरुले शुक्रबारको कारोबार छिट्टै बन्द गर्न चौतर्फि दवाव दिइरहेका थिए ।