२५ बैशाख, २०८१ मंगलबार

02:17:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बोर्डले गर्यो नियमावली संशोधन, चुक्ता पूँजी ३ अर्ब

१९ भदौ, २०७९

नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बोर्डले गर्यो नियमावली संशोधन, चुक्ता पूँजी ३ अर्ब

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन प्रस्ताव स्वीकृत गरेको छ । बोर्डको गत बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ लाई संशोधन गर्दै अर्थ मन्त्रालय पठाएको हो ।

संशोधित मस्यौदा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यन्वयन हुनेछ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ ।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज) को न्युनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो । संशोधित नियमावलीमा निजी क्षेत्रले पनि नयाँ स्टक खोल्न पाउने व्यवस्था गरिएको छ ।