८ जेठ, २०८१ मंगलबार

07:17:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हरेक वर्ष ५५ अर्ब पेन्सन, २ लाख ८८ हजार पेन्सनर

Nepal Business

५ माघ, २०७८

हरेक वर्ष ५५ अर्ब पेन्सन, २ लाख ८८ हजार पेन्सनर

काठमाण्डौ 
सरकारले हरेक वर्ष ५५ अर्ब रुपैयाँ विभिन्न सेवाबाट निवृत भएका कर्मचारीहरुलाई प्रदान गर्दै आएको छ । अहिले विभिन्न समयमा नेपालको सरकारी र सार्वजनिक सेवामा संलग्न भएका २ लाख ८८ हजार ७ सय ४६ कर्मचारीहरुले निवृतिभरण सुविधा लिईरहेको निवृतिभरण व्यवस्थापन कार्यालयका अधिकृत राजभाई श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले निवृतिभरण व्यवस्थापन कार्यालय मार्फत निजामती सेवा, प्रहरी सेवा, शिक्षक र सेनाका अवकास प्राप्त कर्मचारीहरुले पेन्सन सेवा लिँदै आएका छन् ।  

यो संख्या र रकम केही घटबढ भईरहने श्रेष्ठले बताउनुभएको छ । कतिपय अवस्थामा नयाँ सेवा निवृत कर्मचारीहरु थपिने र सेवा लिइरहेका सेवाग्राहिको मृत्युवरण हुँदा निवृतिभरण लिने घट्ने भएका कारण यो रकम र संख्या केही तलमाथी भईरहने उहाँले बताउनुभयो । अहिले ७९ हजार ८ सय ६७ निजामती कर्मचारी, ८८ हजार नेपाली सेना, ५३ हजार ४ सय ५७ नेपाल प्रहरी, ४९ हजार ४ सय १ शिक्षक, स्वास्थ्या सेवा ७ हजार ५ सय २०, सशत्र प्रहरीका ७ हजार ७ सय ८३, अनुसन्धानका ७ सय ३२, संबैधानीक निकायका पदाधिकारी ४ सय ५७, राजप्रसाद सेवा २ सय ७१, प्रदेश तथा स्थानीयतह १ हजार २ सय २४, र अन्य ३४ गरी जम्मा २ लाख ८८ हजार ७ सय ४६ जनाले पेन्सन सेवा लिईरहेको शाखा अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।   
अहिले निवृतिभरण व्यवस्थापन कार्यालय मार्फत निजामती सेवा, प्रहरी सेवा, शिक्षक र सेनाका अवकास प्राप्त कर्मचारीहरुले पेन्सन सेवा लिँदै आएका छन् ।  
यसैबीच नेपालसरकारले पेन्सन दिँदा सरकारी अर्थतन्त्रलाई भार बढ्दै जानेभन्दै २०७५ साल साउन देखी भर्ना भएका सरकारी र सार्वजनिक निकायका कर्मचारीहरुको पेन्सन नभई एकमुष्ट उपदान दिने व्यवस्था गरेको छ । योसंगै पहिलेजस्तो पेन्सन नभई अवकासको समयमा एकैपटक आफुले पाउनुपर्ने आर्थिक दायित्व लिएर अवकास हुन सकिने छ ।