२० बैशाख, २०८१ बिहिबार

03:20:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश प्रस्तावसहित कुथेली बुखरी हाइड्रोले बोलायो साधारणसभा

१९ भदौ, २०७९

लाभांश प्रस्तावसहित कुथेली बुखरी हाइड्रोले बोलायो साधारणसभा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । भदौ ४ गते बसेको सञ्चालक समिती बैठकले कम्पनीको ११ औं वार्षिक साधारणसभा असोज ८ गते जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा दिउँसो २ बजे गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने, वित्तीय विवरण पारित गर्ने साथै कम्पनीले सेयरको सार्वजनिक निष्काशनबाट प्राप्त हुने पूँजीको उपयोग गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ८.५० प्रतिशत (कर प्रयोजन समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ । यस कम्पनीले ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बर देखि विद्युत उत्पादन गरिरहेको छ ।