२० बैशाख, २०८१ बिहिबार

10:47:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

१९ भदौ, २०७९

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो ।

स्थानिय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो। सो सेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

निष्काशन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँड गरिने छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।