२२ बैशाख, २०८१ शनिबार

07:01:10 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमाप्रति विश्वसनीयता बढाउन अध्यक्ष सिलवालको निर्देशन

Nepal Business

१८ भदौ, २०७९

अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न,गरीव र पिछडिएका बर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरीव, विपन्न र पिछडिएका बर्गले आफ्नो क्षमता र चाहना अनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा दृढ रहेको बताउनुभयो ।

बीमाप्रति विश्वसनीयता बढाउन अध्यक्ष सिलवालको निर्देशन

काठमाडौँ,
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभएको छ । 

अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशमा रहेको बीमा कम्पनीहरुको प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरुसँग भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।