२६ बैशाख, २०८१ बुधबार

04:06:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कस्तो रह्यो यस साताको सेयर बजार ?

Nepal Business

१८ भदौ, २०७९

कस्तो रह्यो यस साताको सेयर बजार ?

काठमाण्डौं । सेयर बजारमा यस साता भारी गिरावट आएको छ । गएको हप्ताभन्दा सेयर बजार यस साता ५२ अंकले घटेको छ । 

यस साता सेयर बजार ५२ अंकले घट्दा नेप्से परिसूचक १ हजार ९ सय ७० विन्दुमा झरेको छ । अघिल्लो हप्तासम्म २०२२.६२ विन्दूमा रहेको नेप्से परिसूचक यस साता १९७०.६२ विन्दुमा झरेको हो । यो २.५७ प्रतिशतले कम हो ।

यस साताको २ दिन सेयर बजारमा केहि सुधार देखि पनि बाँकी ४ दिन सेयर बजार ओरालो लाग्यो । यस्तै यस साता सेन्सेटिभ इण्डेक्स पनि ८.५४ अंक घटेको छ । फ्लोट इण्डेक्स ३.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंक घटेको छ । 

यस साता सबै परिसूचक नकारात्मक रहे । नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ । गत साता दैनिक औषतमा १ अर्ब ६१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब २६ करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.६८ प्रतिशत कम हो।

यस साता दैनिक औषत कारोबार संख्या १६.९४ प्रतिशत घटेको छ भने दैनिक औषत सेयर संख्या १८.५८ प्रतिशत घटेको छ । नेप्सेको कुल बजार पुँजीकरण पनि साढे २ प्रतिशत घटेको छ । गत साता २८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ७१ अर्ब रुपैयाँ घटेर २८ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यो साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने अन्य उपसमूहको सबैभन्दा कम घटेको छ ।जलविद्युत उपसमूहको परिसूचक ५.४८ प्रतिशत घटेको छ भने अन्यको ०.२९ प्रतिशत घटेको छ ।  यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८२.६८ अंक घटेको छ । 

यस्तै म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० अंक घटेको छ । यो हप्ता ५ स्टकको मात्र मूल्य बढेको छ । सामुदायिक लघुवित्त, सनराइज बैंक, नेपाल टेलिकम, ओरियन्टल होटल र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य बढेको छ । रुरु जलविद्युत कम्पनीको सेयरमूल्य यस साता सर्वाधिक १४.२७ प्रतिशत घटेको छ ।