२२ बैशाख, २०८१ शनिबार

04:24:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन बीमा कम्पनीद्वारा एक महिनामा कुल १५ अर्ब रुपैयाँभन्दा बढि बीमा शुल्क संकलन

Nepal Business

१८ भदौ, २०७९

जीवन बीमा कम्पनीद्वारा एक महिनामा कुल १५ अर्ब रुपैयाँभन्दा बढि बीमा शुल्क संकलन

काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

यस एक महिनाको अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले एक महिनामा ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

दोस्रोमा बढी कुल बीमाशुल्क कमाउनेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन रहेको छ । यो कम्पनीले १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

यस्तै यस अवधिमा सबैभन्दा कम बीमाशुल्क उठाउनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १६ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
जीवन बीमा कम्पनीहरूले साउन महिनामा ७ लाख १० हजार ३४ बीमालेख जारी गरेका छन् ।