२० बैशाख, २०८१ बिहिबार

11:48:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक दिवसीय क्रिकेट : नेपालद्वारा केन्या पराजित

Nepal Business

१८ भदौ, २०७९

यस जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

एक दिवसीय क्रिकेट : नेपालद्वारा केन्या पराजित

काठमाडौँ,
नेपालले घरेलु टोली केन्यालाई पहिलो एकदिवसीय खेलमा सात विकेटले पराजित गरेको छ । 

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

नेपालको जितमा आसिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए । उनले १२० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन बनाए । 

यसैगरी अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले भने ज्ञानेन्द्र मल्लले २४ रन बनाए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदा रोहित पौडेलले अविजित ३ रन बनाए ।

केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले । पटेलले ६७ रनको योगदान दिए भने ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३० तथा सचिन बुदियाले २६ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए भने आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए । यस जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । 

अब नेपालले भोलि केन्यासँग दोस्रो खेल खेल्नेछ । नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।