१४ बैशाख, २०८१ शुक्रबार

08:49:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धनको मूल्य घट्दा यथावत राखिन्छ, बढ्दा बढाइन्छ : कर छुट गरी मूल्य निर्धारण गर्न यातायात व्यवसायीको माग

Nepal Business

१८ भदौ, २०७९

“बैंक ब्याज, रुट इजाजत, जाँचपास, बीमा प्रिमियमसहित सवारी साधनसँग सम्बन्धित टायर, पाटपूर्जा लुब्रिकेन्ट, च्यासिसलगायतको मूल्यवृद्धि भई थप आर्थिक व्ययभार गर्न गएका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप मारमा परेका छन्

इन्धनको मूल्य घट्दा यथावत राखिन्छ, बढ्दा बढाइन्छ : कर छुट गरी मूल्य निर्धारण गर्न यातायात व्यवसायीको माग

काठमाडौँ,
यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । 

महासङ्घका महासचिव डेकनाथ गौतमले भारतीय बजारमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालले भने नघटाइकन उल्टो बढाउँदा व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । 

मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शुक्रबार एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् ।

मुल्य घट्टा नघटाउने र बढ्दा तत्कालै बढाउने प्रवृत्ति गलत भएको व्यवसायीको भनाई छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले भारतीय बजारमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालले भने नघटाइकन उल्टो बढाउँदा व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । 

“बैंक ब्याज, रुट इजाजत, जाँचपास, बीमा प्रिमियमसहित सवारी साधनसँग सम्बन्धित टायर, पाटपूर्जा लुब्रिकेन्ट, च्यासिसलगायतको मूल्यवृद्धि भई थप आर्थिक व्ययभार गर्न गएका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप मारमा परेका छन्”, उहाँले भन्नुभयो ।

महासङ्घले करिब १० खर्बको लगानी रहेको नेपालको यातायात क्षेत्रमा ११ लाख जनशक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आइरहेको बताएको छ । 

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुको साटो बढाउँदा व्यवसायी र जनता थप मारमा परेको बताउनुभयो ।