७ बैशाख, २०८१ शुक्रबार

07:02:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

Nepal Business

१८ भदौ, २०७९

शुक्रबारको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

सुदुरपश्चिम,

सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) गएराति १२ बजेदेखि अन्त्य भएको छ । 

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभयो ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभयो ।

 शुक्रबारको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । 

बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुवँर र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 पाँच वर्षअघि भएको निर्वाचनपछि गठन भएको पहिलो प्रदेशसभाको कार्यकालको यो अधिवेशन अन्तिम हो ।